सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन : महेश बर्तौँला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको आरोप(प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे । उनले भने, ‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन ? सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । हामीले सभामुखमार्फत् सरकारलाई प्रश्न गरिरहेका छौं । प्रतिरक्षाको लागि प्रधानमन्त्री र मन्त्रीहरु संसद्‍मा आउनुहुन्न । प्रतिरक्षाका लागि सत्तापक्षका सांसदहरू पाखुरा सुर्केर आउनुहुन्छ । त्यो दुखद् हो ।’ उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ रु भन्दै प्रश्न गरे । ‘सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने ? उनको तर्क छ । सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...