हिन्दू राष्ट्रको पक्षमा महासमितिमा बहुमत देखियो : शंकर भण्डारी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दू राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात नगरेको गुनासो गरे । उनले भने, ‘कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमिति भन्दा पनि माथि विधान सम्मेलन हुन्छ । यो पार्टीको वैधानिक व्यवस्था हो, त्यस्तो ठूलो बैठकको उपस्थिति संख्याभन्दा धेरैले लिखित रुपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षरसहित बुझाएका छौं । मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ, हाम्रो लोकतान्त्रिक पार्टीभित्र बहुमतको पालना हुनुपर्ने हो । लिखित रुपमा महासमितिको बहुमत सदस्यहरुले बुझाउँदा पनि हाम्रो नेतृत्वले यसलाई आत्मसात गरेर खुला रुपमा स्वीकारेको छैन । तर, यसले पार्टीलाई क्षति पुग्छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...