७३ औं जन्मदिन मनाउँदै एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउन लाग्नुभएको हो । ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नुभएको छ ।

उहाँले कसैलाई पनि केक बोकेर नआउन आग्रह गर्नुभएको छ । धेरै धुमधामसँग पनि जन्मदिन नमनाउने उहाँको भनाइ छ । उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘साथीहरु आएर शुभकामना दिनुहुन्छ त्यति हो । विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०२८ सालको झापा आन्दोलनका क्रममा उहाँ सोही वर्ष जेल पर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओलीले विसं २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएको थियो ।

ओली २०७१ सालमा पार्टीको नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ मंसिरमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित हुँदै पार्टीको नेतृत्व गरिरहनुभएको छ । अध्यक्ष ओली तीन पटक तीन पटक प्रधानमन्त्री हुनुभइसकेको छ । अध्यक्ष ओलीको जन्मदिनको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत उहाँलाई जन्मिदिनको शुभकामना दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...