७३ औं जन्मदिन मनाउँदै एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउन लाग्नुभएको हो । ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नुभएको छ ।

उहाँले कसैलाई पनि केक बोकेर नआउन आग्रह गर्नुभएको छ । धेरै धुमधामसँग पनि जन्मदिन नमनाउने उहाँको भनाइ छ । उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘साथीहरु आएर शुभकामना दिनुहुन्छ त्यति हो । विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०२८ सालको झापा आन्दोलनका क्रममा उहाँ सोही वर्ष जेल पर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओलीले विसं २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएको थियो ।

ओली २०७१ सालमा पार्टीको नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ मंसिरमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित हुँदै पार्टीको नेतृत्व गरिरहनुभएको छ । अध्यक्ष ओली तीन पटक तीन पटक प्रधानमन्त्री हुनुभइसकेको छ । अध्यक्ष ओलीको जन्मदिनको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत उहाँलाई जन्मिदिनको शुभकामना दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...