एमाले कैलाली अधिवेशनको मतदान सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान सुरु भएको छ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो ।

अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार बिहानबाट मतदान सुरु भएको हो । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा हुनुहुन्छ । उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिनुभएको छ । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंहको उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...