कांग्रेस महासमिति बैठकमा नाराबाजी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । गण्डकी र बागमती समूहबाट आएका सुझावहरु समापन कार्यक्रममा बागमतीका सभापति इन्द्र बानियाँले पस्तुत गर्दा नाराबाजी भएको हो । बुधबार र विहीबार प्रतिनिधिहरुले राखेका विचारहरु भन्दा फरक तरिकाले बानियाँले समूहको सुझाव पढेपछि महासमिति सदस्यले नाराबाजी गरेको एक नेताले भने । चुनावी गठबन्धन गर्न हुँदैन भन्ने सुझाव राख्ने समूहमा ठूलो संख्या छ । उनले सुझावहरु एकमुष्ट गरेर प्रतिवेदनका रुपमा पढ्दा गठबन्धनको विपक्षमा खासै मत नआएको पढ्नुभयो,’ गण्डकी र लुम्बिनी समूहमा रहेका एक नेताले जानकारी गराए । प्रदेश सभापति बानियाँको प्रतिवेदन सच्याउनुपर्ने माग सहित उठेर सहभागीले विरोध गरेपछि केही समय समापन कार्यक्रम प्रभावित भएको थियो । महामन्त्री गगन थापाले प्रदेशबाट आएका सबै प्रकृतिका सुझावहरु सम्मिलित गरेर अन्तिम निर्णय आउने आश्वास दिएपछि नाराबाजी रोकिएको सहभागी प्रतिनिधिले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...