१६ बुँदे माग राख्दै दुग्ध उत्पादक किसानले गरे आन्दोलन घोषणा



हाम्रो इकोनोमि

 

 

 

दूध उत्पादक किसानहरूले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक किसानहरूको विभिन्न संघसंस्थाले बिहीबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले केही समयदेखि उत्पादित दूधमध्ये प्रतिदिन ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दूधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगहरूले किसानलाई नदिएको जनाएका छन् । उनीहरूले दूधको बाँकी वक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दूध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दूधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दूधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, वीमित किसानहरूको रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेलगायतका माग अघि सारेका छन् । आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरुमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तररूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघका अध्यक्षका अध्यक्ष विश्वराज घिमिरेले जानकारी दिए । केन्द्रीय दुग्ध सहकारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बजारमा पठाइएको दूधको बक्यौता नउठेको बताए । दूध किसानहरूलाई मर्का परेको भन्दै राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । सहकारीले दैनिक १२ लाख लिटर संकलन गरी वितरण गरिरहेको अवस्थामा अहिले दूध नै बिक्री हुन नसकेकाले सडकमा जान बाध्य भएको सापकोटाले बताए । दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको समस्या उत्पन्न भएको किसानहरुको गुनासो छ । नेपालभन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको उनीहरूले बताएका छन् । नेपालमा हाल ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्क छ भने करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...