रघुजी पन्तले मागे तीन मन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघुजी पन्तले तीन मन्त्रीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत, बालकुमारी हत्याकाण्डका दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र लुम्बिनीको जग्गा घरबेटीलाई दिने काण्डका पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका हुन् । पन्तले भने, ‘कुनै पनि मन्त्री विवादमा पर्नासाथ, झन् भ्रष्टाचारको मुद्दामा पर्नासाथ अख्तियारले मुद्दा चलाउँछ भन्ने थाहा पाएपछि बोलाउनुभन्दा अघि राजीनामा दिएका मन्त्रीहरु छन् । गणतन्त्र कमजोर भयो भने नक्कली आँशु बगाउने अनि गणतन्त्र बलियो बनाउनेतिर नलाग्ने ? उनले प्रधानमन्त्रीलाई आफ्नो सत्ता टिकाइराख्ने कुरा स्वीकार्य नभएको भन्दै कारवाही गरेर देखाउन चुनौती दिए । अख्तियारमा बयान दिएर आएका मन्त्रीलाई क्याविनेटमा राखेर सुशासनको गफ नदिन प्रधानमन्त्रीलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...