कांग्रेस महासमितिमा प्रदीप पौडेलको २६ बुँदे पूरक प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आर्थिक र नैतिक आचरणमा विचलन आएका नेता कार्यकर्तामाथि कस्तो कारवाही गर्ने भन्ने बहस चलिरहेका बेला नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पनि यो एजेण्डाको प्रवेश भएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिमा पेस गरेको २६ बुँदे पूरक प्रस्तावमा भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित वा छानविनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्न प्रस्ताव राखेका हुन् । नेता पौडेलले गैरकानूनी क्रियाकलापमा संलग्न र फौजदारी अभियोग प्रमाणित कुनै पनि सदस्यलाई कांग्रेसले चिन्दै नचिन्ने व्यवस्था विधानमै हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सद्यस्यको सार्वजनिक लेखा परीक्षण अनिवार्य गर्न समेत प्रस्ताव राखेका छन् । पौडेलले कांग्रेसलाई डिजिटल पार्टी बनाउनेदेखि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारजे गर्ने प्रस्ताव समेत राखेका छन् । उनले उम्मेदवार छनौट सम्बन्धित तहकै कमिटीमा प्रत्यक्ष मतदानका आधारमा गर्ने प्रस्ताव राखेका हुन् । उनले एक महिनाभित्र पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले सम्पत्ति विवरण र त्यसको स्रोतको स्वघोषणा गर्ने प्रस्ताव समेत राखेका छन् । स्वघोषणा नगर्ने व्यक्ति स्वतः निलम्वित हुने उनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...