राष्ट्र बैंक भन्छ : सर्वसाधारण आत्तिनुपर्दैन, बैकहरु डुब्दैन



हाम्रो इकोनोमि

 

 

अहिले नेपालमा बैंकहरु टाट पल्टिन लागेको हल्ला व्यापक छ । निश्चित बैंक लक्षित यस्ता हल्ला आएपछि तिनीहरुले यस्ता हल्लाको पछि नलाग्न सार्वजनिक आह्वानसमेत गरिसकेका छन् । तैपनि सर्वसाधारणको शंका निवारण हुनसकेको छैन । बैंकहरु डुब्न लागेको हल्ला झन व्यापक भएको छ ।
सर्वसाधारण तहमै यस्ता अफवाह फैलाएपछि नेपाल राष्ट्र बैंकले यहाँका बैंकहरु असुरक्षित नभएको बताएको छ । राष्ट्र बैंक नियमन विभागका प्रमुख गुरु पौडेलले नेपालका बैंकहरु राम्रो अवस्थामा रहेको दाबी गरे । बैंकविरुद्ध यति धेरै अफवाह फैलँदा पनि राष्ट्र बैंक मौन बस्नु भनेकै बैंकहरु राम्रो अवस्थामा भएको बुझ्नुपर्ने पौडेलको भनाइ छ । अहिलेको अवस्थामा राष्ट्र बैंकले केही बोलेको छैन । यसको मतलब अहिले अफवाह चलाए जस्तो जटिल परिस्थिति राष्ट्र बैंकले देखेको छैन’, उनले भने, ‘अहिलेसम्म कुनै पनि संस्थाको बारेमा बैंकले समस्याग्रस्त हो नभनेसम्म सर्वसाधारण आत्तिनुपर्ने अवस्था छैन । कतिपय राष्ट्रमा बैंकिङ प्रणाली धराशायी हुँदा अर्थतन्त्र नै खत्तम भएको उदाहरण छन् । यसबारे राष्ट्र बैंक चनाखो भएको पौडेलले बताए ।

बैंक समस्यामा परेको जानकारी राष्ट्र बैंक आफैंले दिन्छ

पछिल्लो समय बैंक डुब्छ, निक्षेपकर्ताको बिचल्ली हुन्छ जस्ता अफवाह फैलाइएको छ । तर, सरोकारवालाहरुले त्यस्ता हल्लाको पछि लागेर नआत्तिन आग्रह गरेका छन् । कुनै एक व्यक्तिले बैंकमा समस्या छ भन्दैमा सो बैंकमा समस्या परिहाल्दैन । बैंकमा समस्या परेको जानकारी राष्ट्र बैंकका केही कदमबाट पाउन सकिन्छ । अहिले फैलाइएको हल्लालाई निगरानी गरिरहेको राष्ट्र बैंकले जनाएको छ । यदि कुनै संस्था कमजोर भयो वा समस्याग्रस्त भएर सर्वसाधारणको निक्षेप पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुग्दैछ वा समस्यामा पर्नसक्छ भन्ने लाग्नासाथ राष्ट्र बैंकले सो संस्थाको वित्तीय अवस्था निरीक्षण सुरु गर्छ । निरीक्षण गर्दा समस्याग्रस्त भएको वा हुनसक्ने देखिएमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ अनुसार सो संस्थालाई समस्याग्रस्त घोषणा गर्छ । यसरी समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंक आफैंले व्यवस्थापन टेकओभर गरेर त्यसको सूचना सर्वसाधारणलाई दिन्छ । कुनै पनि देशको वित्तीय प्रणाली अत्यन्तै महत्वपूर्ण र संवेदनशील मानिन्छ । देशको अर्थतन्त्रको अवस्था उक्त देशको बैंकिङ प्रणालीले देखाउँछ । संसारका ठूला अर्थतन्त्र भएका देशहरुमा पनि समस्या आउँदा सबैभन्दा पहिले बैंकिङ प्रणालीमा समस्या देखिन्छ । त्यसपछि मात्रै अन्य क्षेत्रहरुमा समस्या देखिन थाल्ने अर्थविद्हरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...