नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले मन्त्री ज्वालालाई नैतिकता नभएको र प्रधानमन्त्री प्रचण्डलाई हुतीहाराको संज्ञा दिए ।

त्यसबारे उनको भनाइ:

मन्त्रीहरू त अहिले जता पनि झण्डा हल्लाउँदै पुगेका छन्। दोषी हो भनेर तोकिएको छ । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ । यस्तो मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ । नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री । यस्ता मन्त्रीहरू जसलाई दोषी करार गरेको छ । त्यसले जुन दोषका कारणले मान्छेको ज्यान गएको छ । जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन् । अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ रु के हो लोकतन्त्र रु लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ रु यो गठबन्धनले यो काम गरिरहेको छ । लाज पनि छैन ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...