नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा सरकारले बनाएको आयोगले नै दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातयातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् । उनले मन्त्री ज्वालालाई नैतिकता नभएको र प्रधानमन्त्री प्रचण्डलाई हुतीहाराको संज्ञा दिए ।

त्यसबारे उनको भनाइ:

मन्त्रीहरू त अहिले जता पनि झण्डा हल्लाउँदै पुगेका छन्। दोषी हो भनेर तोकिएको छ । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ । यस्तो मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ । नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री । यस्ता मन्त्रीहरू जसलाई दोषी करार गरेको छ । त्यसले जुन दोषका कारणले मान्छेको ज्यान गएको छ । जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन् । अप्रिय स्थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ रु के हो लोकतन्त्र रु लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ रु यो गठबन्धनले यो काम गरिरहेको छ । लाज पनि छैन ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...