कांग्रेस एक्लै एकछिन उभिन सक्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैशाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! कांग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर । अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा चुनावी गठबन्धनबारे अहिले निर्णय गर्न नहुने पक्षमा छन् । तर, महामन्त्री गगन थापा महासमिति बैठकबाट चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष ओलीले एमाले एक्लै मजबुत शक्तिको रुपमा स्थापित भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...