नेपालमा टिकटक खुलाउने प्रधानमन्त्रीको संकेत



हाम्रो इकोनोमि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा टिकटकमाथिको प्रतिबन्ध खुलाउने संकेत दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो संकेत दिएका हुन् । ‘‘टिकटकले सरकारलाई सामग्री नियमन, प्वाइन्ट अफ कन्ट्याक्ट (सम्पर्क कार्यालय) स्थापना, डेडिकेटेड रिपोर्टिङ सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरिरहेको छ,’’ उनले भने ‘‘​र, पुनःसञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरुले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल पनि गरिरहेका छन् । टिकटकले व्यक्त गरेका प्रतिबद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई नियमन गर्न नसकिने चैं होइन ।’’

  • प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संसदमा पेश गर्न लागिएको समेत जानकारी दिए

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...