प्रतिवेदन हेरेपछि मन्त्री ज्वालालाई कारबाही गरिन्छ : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् । छानबिन समितिले दोषी देखाएका २ युवा मारिएको विषयमा मन्त्री प्रकाश ज्वाला नै दोषी देखाएको सन्दर्भमा एमाले-रास्वपालगायतले बर्खास्त गर्न गरेको मागप्रति उनले सदनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन अहिलेसम्म आफूले अध्ययन नगरेको उल्लेख गर्दै आज गृहमन्त्रालयले बुझाएपछि थप प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘१० लाख दिएर सरकार चुप लागेर बसेको कुरा तथ्यहीन हो । छानबिन सरकारले नै बनाएको हो । प्रतिपक्षले त बनाएको होइन । छानबिन प्रतिवेदन गृहमन्त्रालयबाट आज मैले बुझ्दै छु । मैले आजै हेर्दैछु । आज क्याबिनेट छ । प्रतिवेदनको अध्यययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।
सरकारले घटनालाई गम्भीर र विशेष रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए । उनले भने, ‘त्यो घटना विशेष भएकै कारण हामीले परिवारका सदस्यलाई राहत स्वरुप लिएको हो । रोजगारीका लागि विदेश जानका लागि हत्या भएको घटनालाई गम्भीर रुपमा लिएर परिवारका एक एक जनालाई रोजगारी दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...