मन्त्री ज्वालालाई बर्खास्त गर्न रवि लामिछानेको माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र रहेछ भन्ने पुष्टि भइसकेको भन्दै अब फाइल रास्वपाका मान्छेको मात्र खोल्न माग गरे । लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको भन्दै निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको बताए । थापाले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो रु भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...