मैले कसैलाई ह्यारेसमेन्ट गरेको छैन : कृष्ण कँडेल



 

 

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताए । इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।

इन्द्रेणीको टीमसहित उपस्थित भएका कँडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे । युट्यूवका क्यामराहरूको भिडबीच उनी भावुकता र आवेशमिश्रित मनोदशामा प्रस्तुत भएका थिए । खासगरी शर्मिलाले लगाएको ‘ह्यारेसमेन्ट’ आरोपमा उनको आक्रोश थियो । उनले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको ?’ भन्दै प्रश्न गरे ।

कँडेलले भने, ‘अहिले जसलाई जे-जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?

सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई उनले आंशिक स्वीकार गरे । कँडेलले भने, ‘परेको बेलामा काम विशेषले साथीभाइको कोठामा गइयो होला । गइन्छ पनि । त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ ?’ आर्थिक कारणले इन्द्रेणीमा कार्यरत कर्मचारीहरुलाई स्थायीरूपमा राख्न नसक्ने भएपछि नयाँ करार गरेको कँडेलले बताए । त्यसैअनुसार आन्तरिक विधान बनाएको र वकिल राखेर सबैलाई हस्ताक्षर गराएको उनको भनाइ छ ।

‘कार्यक्रम भएको बेलामा बोलाउने भनेर सबैलाई एउटै व्यहोरामा सही गराइएको हो, उहाँहरूलाई मात्र होइन,’ कँडेलले भने । १० वर्षमा घर बनाइदिने आश्वासन आफूले नदिएको उनले बताए । ‘इन्द्रेणी त जग्गा लिजमा लिएर चलाइरहेको छु । ५ वर्षपछि के हुने हो टुंगो छैन । मैले कसरी अरुको घर बनाइदिने ठेक्का लिन सक्छु ?’ कँडेलले प्रश्न गरे । इन्द्रेणीका गाडी चालककी पत्नीलाई ४ लाख रूपैयाँ दिएको आरोप भने कँडेलले स्वीकार गरेका थिए । उक्त पैसा केका लागि दिइएको भन्ने उनले ठोस जवाफ दिन सकेनन् । आर्थिक पारदर्शीताको विषयमा उठेको प्रश्नमा कँडेलले सबै आयव्ययको लेखापरीक्षण हुने गरेको भनेर पन्छिए ।

कर्मचारीहरूलाई कुटपिट गरिएको आरोप कँडेलले आंशिक स्वीकार गरे । आफूविरुद्ध गालीगालौज र ज्यानकै धम्की दिइएपछि आफ्ना भाइभतिजाले धकेलाधकेल गरेको उनले बताए  ‘उनीहरूले ममाथि नचाहिँदा आरोप लगाएर आक्रामकरूपमा पेश भएपछि मेरा मान्छेहरू पनि आक्रोशित हुनु स्वाभाविक हो । अलिकति धकेलाधकेल गरेका हुन्,’ कँडेलले भने, ‘त्यस्तो कुटपिट नभै भएको थियो भने त वकिल साब त्यही हुनुहुन्थ्यो, प्रहरीको हवल्दार हुनुहुन्थ्यो । त्यही दिन किन उजुरबाजुर गरिएन ?’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्