फागुन ७ देखि ईपीएस कोरिया भाषा परीक्षा सुरू



हाम्रो इकोनोमि

 

 

ईपीएस कोरिया भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन गरिने भएको छ । ईपीएर कोरियाको ‘मेन्युफ्याक्चरिङ सेक्टर’ तर्फको भाषा परीक्षा यही फागुन ७ (सोमबार) देखि सुरू गर्न लागिएको हो । हालसम्मकै उच्च १ लाख ६३ हजार ६३५ जनाको आवेदन परेकोले परीक्षा तीन चरणमा हुने भएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार बिहान साढे ९ बजे, बिहान ११ बजे दिउँसो १ र ३ बजे साथै अपरान्ह ४:१० बजे गरी पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिनेछ । पहिलो चरणमा ४७ हजार ५१९ जनाको परीक्षा लिइने छ । अप्रिल ५ अर्थात् चैत २२ गते समाप्त हुनेछ । २०८१ वैशाख ३१ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा ७९ हजार ९३७ जना सामेल हुने छन् । प्रत्येक दिन २ हजारसम्म परीक्षार्थी सहभागी गराउँदा जुलाई ३० (साउन १५) सम्म दोस्रो चरणको सञ्चालन गरिने तयारी छ । त्यस्तै तेस्रो चरणको परीक्षा नोभेम्बर ११ (कात्तिक २६) देखि सुरू गरेर डिसेम्बर १५ (२०८१ मंसिर ३०) सम्म सञ्चालन गर्ने तयारी छ । यो चरणमा ३६ हजार १७९ जना सहभागी हुनेछन् ।

परिक्षा हुनुभन्दा १ दिनअघि आफ्नो सिफ्टअनुसार ईपीएस कोरिया शाखा ग्वार्कोमा ‘बायो मेट्रिक्स रजिस्टर/ फिङगर प्रिन्ट’ दर्ता गराउनुपर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राज्यलाई लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

    राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी...

रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...