एमालेको गुह्येश्वरी–धाप ड्याम यात्रा शनिबार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले गुह्येश्वरी–धाप ड्यामयात्रा शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्यामयात्रा’ गर्न लागेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘भोलि बिहान १० बजे पार्टी अध्यक्षको नेतृत्वमा धाप ड्यामतर्फ जानेछौँ, करिडोर, सुन्दरीजल हुदैँ ड्याम जानेछौँ र त्यहाँबाट आलापोटमा आएर सभामा परिणत हुनेछौं । त्यहाँ पार्टी अध्यक्षले सम्बोधन गर्नुहुनेछ । उहाँले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उहाँको भनाई छ ।आयोजनाहरु उपत्यकाका स्थानीय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...