मधेशका कृषि मन्त्री र कर्मचारीले डिडिसीको दुग्धजन्य परिकार किन्नै पर्ने निर्णय



हाम्रो इकोनोमि

 

 

डिडिसीको मधेश प्रदेश संकलन केन्द जनकपुर दुग्ध वितरण आयोजनामा दैनिक चार देखि पाँच हजार लिटर दुग्ध संकलन हुने गरेको भएपनि विक्रिवितरण मात्र एक हजार लिटर हुन थालेपछि मधेश सरकारको भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीले हरेक महिनाको तलववाट अनिवार्य डिडिसीको घ्यु किन्नै पर्ने निर्णय गरिएको छ । मधेश प्रदेशमा दुग्ध खपत भन्दा बढि संकलन हुन थालेपछि मधेश सरकारको मन्त्रीले आफनो तलवबाट दुग्धजन्य परिकार किन्ने भएका छन् ।

विभागिय मन्त्रीले महिनाको पाँचदिन, सचिवले ३ दिन र ११, १० तथा ९ औं तहका कर्मचारीहरुले दुई दिनको तलवका साथै सो भन्दा तल्लो तहका कर्मचारीले एक दिनको तलव वापतको घयु किन्नै पर्ने निर्णय गरिएको मन्त्री गोविन्द प्रसाद न्यौपानेले बताए । डिडिसीको मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजना प्रमुख दिनेश कुमार जोशीले दुग्ध खपत हुन नसकेपछि जनकपुरधाममा स्टोरेज क्यापिसिटीको अभावमा बिराटनगर स्थित प्रदेश संकलन केन्द्रमा पाउडर र मखन बनाएर राख्नुपर्ने बाध्यता रहेकाले मधेश सरकारसंग सहयोग माग्दा यस्तो निर्णय भएको बताए ।

 

 

विराटनगरमा हाल भण्डारण भइरहेकोमा पनि पाउडर बनाएर राख्दा गोदामै राख्न सजिलो हुने भएपनि घयु र मखन राख्न माइनस १८ डिग्रीको वातानुकुलित भण्डार आवश्यक भएकाले तत्काल केहि राहतका लागि घयु मखन खरिद गर्न यस्तो बाध्यात्मक निर्णय भएको जस्ले अन्य मन्त्रालय, कर्मचारीहरुलाई प्रेरित गर्न सकिने र विक्रि वितरणमा वृद्वि उद्देश्य लिइएको मन्त्रालयका सचिव डा. शरण पाण्डेले बताए ।शहरी क्षेत्रका महंगो मुल्य तिरेर सर्वसाधारण गुणस्तरहिन दुग्ध प्रयोग भइरहेको भएपनि निति अभावका कारण किसानको दुग्ध विक्रि र बजारमा अभाव भएपछि दुग्ध प्रयाप्त भएर सरकारको टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...