काठमाडौंमा भारतीय नागरिक बन्धक बनाउने ९ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

भारतीय नागरिकलाई अमेरिका पठाउने नाममा काठमाडौंमा बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । प्रहरीले अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई पनि उद्धार गरेको छ । भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौंको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्दुसिंह यादव हुन् । उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ । अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनहरुले घरबाट पैसा मगाउन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...