पार्टीको नाम र चुनाव चिन्ह फेर्न माओवादीमा दबाब



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि २० वटै समूहले छलफलबाट सुझाव दिएका छन्। प्रज्ञा प्रतिष्ठानमा मङ्गलवारबाट सुरु भएको अधिवेशनमा अब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठेका प्रश्नमाथि जवाफ दिनेछन् । आज ७ वटा समूहले विधानमाथि सुझाव दिएका हुन् । हिजो १३ समूहले सुझाव राखेका थिए । बैठकमा समूहगत सुझाव राख्दै नेता युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने प्रस्ताव राखे। उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्ने बताए ।अर्का नेता सुमन देवकोटाले संघीयताको मर्मअनुसार विधान तयार गर्नुपर्ने बताए। माओवादीमा अहिले पार्टीको नाम फेर्नुपर्नेदेखि चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ । २० समूहबाट आएको सुझावको आधारमा माओवादीले विधानलाई पूर्णता दिनेछ। यो विधान आगामी विशेष महाधिवेशनबाट कार्यान्वयन गर्ने माओवादीको तयारी छ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...