एमाले धादिङ जिल्ला अधिवेशन पुनः सञ्चालन



हाम्रो इकोनोमि

 

 

झडपपछि रोकिएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन सर्तसहित पुनः सञ्चालनमा आएको छ । नयाँ कमिटीमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षका नेताहरुबीच कुटाकुटको स्थिति बनेको थियो । अधिवेशनमा दुई पक्षीय नेताहरुबीच कुटाकुट भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई बोलाएर छलफल गरेका थिए । त्यही अनुसार संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले अधिवेशन गर्नको लागि सर्तसहितको परिपत्र गरेका छन् । उनले विधिसम्मत, व्यवस्थित, समझदारीपूर्ण र एकताको अधिवेशन बनाउने निर्देशन दिएका छन् । जिल्ला अधिवेशनका प्रतिनिधिको आधिकारिक जाँच गरी आवश्यक छलफल पश्चात् ५७८ जना प्रमाणीकरण गरेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...