माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मंगलबार इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका- १ का ३० वर्षीय विपिन अधिकारीलाई पक्राउ परेको प्रहरी उपरीक्षक -एसपी- दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी माओवादीको नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । बुधबार विराटनगर महानगरपालिका-३ मा नेपाली सेनाले डिस्पोज गरेको शंकास्पद वस्तु पनि दुई व्यक्तिले राखेको खुलेको उनले बताए ।

नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोगसम्बन्धी लेखिएको पत्र, डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...