घरमै सुतिरहेका हजुरबुवा र नातिको हत्या



हाम्रो इकोनोमि

 

 

पश्चिम नवलपरासीको सुस्ताको गाउँमा हजुरबुवा र नातीको हत्या भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षका गौचरण चमारको घरमा सुतिरहेकै अवस्थामा हत्या भएको  हो । एकान्त स्थानमा रहेको कच्ची घरमा बस्दै आएका थिए ।उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेशम बोहोराले जानकारी दिए । तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको उनले बताए । मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए । छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई वटा बच्चा लिएर माइत गएको स्थानीयले बताएका छन् । अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक काजीकुमार आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धानको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...