एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा रावत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा मुगुका भक्त रावत सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय च्यासलमा भएको सम्पर्क कमिटीको बन्दशत्रले कमिटीको उपाध्यक्षमा जाजरकोटकी पुजा बस्नेत, सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उपसचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित हुनुभएको कर्णाली काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष रावतले जानकारी दिनुभयो । गत शनिबार काठमाडौंको सामाखुशीस्थित स्काई पार्टी प्यालेसमा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको अधिवेशनमा तीन दिन लगाएर सर्वसम्मत गरिएको अध्यक्ष रावतले बताउनुभयो ।

‘पार्टी केन्द्रको निर्णय अनुसार देशभरका जिल्लाहरुमा अधिवेशन चलिरहेका बेला नेतृत्वको हानाथाप भैरहेको छ । मतदान प्रक्रियाबाट नेतृत्व छनोट भैरहेको छ तर कर्णाली काठमाडौं सम्पर्क कमिटिको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गरेर एकताको सन्देश प्रवाहको काम भएको छ’ अध्यक्ष रावतले थप्नुभयो, ‘यसले कर्णालीका दशवटै जिल्लाबाट अध्ययन, व्यापार, व्यावसाय र अन्य कामको सिलसिलामा काठमाडौंमा आएका एमालेका सदस्यहरु पार्टी निर्माणका सन्दर्भमा एकताबद्ध छन् भन्ने सन्देश प्रवाह गरेको छ ।’ अधिवेशनमा उद्घाटन सत्रमा उपमहासचिव ज्ञवाली, पार्टी स्थायी कमिटि सदस्य लालबाबु पण्डित, पोलिटब्यूरो सदस्य मोहन बानियाँ, भैरवसुन्दर श्रेष्ठ तथा केन्द्रीय सदस्य निरज आचार्य, दल रावल, नगेन्द्र शाही (नेशनल), छक्कबहादुर लामा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...