एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । दैलेखको पार्टी कार्यक्रमका लागि जाने क्रममा महासचिव सवार गाडी सडकमै पल्टिएको हो । घटना भने हिजो शनिबारको हो । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रा बजार नजिकै जंगलमा म १ च ३६९ नम्बरको स्कोरपियो पल्टिएको हो ।

हिजै भएको भए पनि दुर्घटनाको तस्बिर भने आज उपमहासचिव विष्णु रिमालले सार्वजनिक गर्नुभएको हो । रिमालले आइतबार एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना भन्दै दुर्घटनाको तस्बिर सार्वजनिक गर्नुभएको हो । दुर्घटनामा एमाले कर्णाली प्रदेशकी उपसचिव पद्मा खड्काको हातमा भने चोट लागेको छ । उहाँको हातमा प्लास्टर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...