ट्रकको ठक्करबाट विराटनगरमा स्कुटर चालकको मृत्यु



हाम्रो इकोनोमि

 

 

ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध लोकमार्ग खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...