ट्रकको ठक्करबाट विराटनगरमा स्कुटर चालकको मृत्यु



 

 

ट्रकको ठक्करबाट विराटनगरको बरगाछीमा आइतबार बिहान स्कुटर चालकको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका-२ र ५ को सिमानामा पर्ने बरगाछीमा आज बिहान उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका-९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोसित भिडले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । स्थानीयले ट्रकमा लगाइदिएको आगो दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि आक्रोशित भिडले ट्रकमा आगजनी गरेपछि कोशी लोकमार्ग केही समय अवरुद्ध भएको थियो । प्रहरीले अवरुद्ध लोकमार्ग खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस
पिकनिक गएर फर्केको स्कुल बस शंकरापुरमा दुर्घटना

    काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । जिल्ला

विद्रोह गर्छु भन्नेहरुलाई साँगा कटाउनुपर्ने हुनसक्छ : ओली

    प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै

मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहलमा बाढी

     काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि

प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

     गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका