नक्कली मदिरा बनाएर बेच्ने दुईजना कारागार चलान



हाम्रो इकोनोमि

 

 

नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको हो । गत माघ २ गते काठमाडौंको थलीमा रहेको नक्कली मदिरा उत्पादन गर्ने कारखानमा प्रहरीले छापा मारेर मामा भान्जालाई पक्राउ गरेको थियो । मामा भान्जासँगै पक्राउ पर्नुभएका सिन्धुलीका २८ वर्षीय गौरव तामाङ भने ४० हजार धरौटीमा रिहा हुनु भएको छ । यस्तै, एक जना नाबालकलाई ‘जिम्मा जमानी’ मा छोडिएको छ । अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...