नक्कली मदिरा बनाएर बेच्ने दुईजना कारागार चलान



हाम्रो इकोनोमि

 

 

नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको हो । गत माघ २ गते काठमाडौंको थलीमा रहेको नक्कली मदिरा उत्पादन गर्ने कारखानमा प्रहरीले छापा मारेर मामा भान्जालाई पक्राउ गरेको थियो । मामा भान्जासँगै पक्राउ पर्नुभएका सिन्धुलीका २८ वर्षीय गौरव तामाङ भने ४० हजार धरौटीमा रिहा हुनु भएको छ । यस्तै, एक जना नाबालकलाई ‘जिम्मा जमानी’ मा छोडिएको छ । अभियुक्त सुमन नगरकोटीसँग १ लाख, लेख विक्रम थापासँग ४० हजार, मनिष खत्रीसँग १५ हजार, महेश खत्री १५ हजार र मोहन खड्कासँग १५ हजार धरौटी माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...