रौतहट जिल्ला अदालतमा अफताब आलमलविरुद्धको सुनुवाइ हुदै



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलगायतविरुद्ध अन्तिम सुनुवाइ सुरू भएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो । विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरसम्बन्धी उक्त मुद्दा चार वर्षदेखि विचाराधीन छ ।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री आलमको मुद्दामा यसअघि अदालतले बहस नोट मागेको थियो । गत कात्तिक २२ गते बाबुकाजी बानियाको इजलासले मुद्दाको गम्भीरता जटिलतालाई विचार गर्दा जिल्ला सरकारी वकिलको तर्फबाट र प्रतिवादीहरूका कानून व्यवसायीको तर्फबाट १५ दिनभित्र बहस नोट माग गरी पेश गर्न आदेश दिइएको हो । २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...