कानून विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन् : गृहमन्त्री



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानून विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने बताउनु भएको छ । शुक्रबार अध्यागमन विभागको ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उहाँले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीतिक दलका नेता र तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोही भएतापनि संविधान र कानुन विपरीत राज्यलाई लुट्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘स्वभाविक रुपमा शक्तिशाली वर्ग जो राज्यको पहुँचमा छ । सरकारमा एक वा अर्को पटक सहभागी भएको छ । राजनीतिक दलका नेता तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोहीले पनि संविधान र कानूनको खिलाफ जालसाजी र ठगी गर्ने वा राज्यलाई लुट्ने जति कामहरू भएका छन, तिनकाविरुद्धमा गृह मन्त्रालय कार्यक्षेत्रको सिमा भित्र रहेर कारवाहीका लागि निरन्तर अगाडि बढाउने छौं । विश्राम लिने छैनौ । उहाँले दोषीलाई कारबाहीको प्रक्रियामा विभिन्न राजनीतिक दल, संघ संगठनहरुबाट हस्तक्षेप हुने गरेको गुनासो गर्नुभयो । गृहमन्त्री श्रेष्ठले अध्यागमनलाई राज्यले सुशासनको प्रक्रियामा अगाडि बढ्न खोज्दा त्यसमा बाँधा पुर्‍याउन पाइँदैन भनी खबरदारी गरिदिन आग्रह गर्नुभयो ।

उहाँले छिटै राष्ट्रिय परिचय पत्रलाई अन्य सेवासँग एकीकृत गरेर जाने प्रक्रियापनि अगाडि बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट हुने सेवा प्रवाहलाई पनि सरल सहज र जनमुखी ढङ्गले बनाउनका निम्ति पहलकदमी गरिरहेको जानकारी दिनुभयो । ई–भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भले गृह प्रशासनको सुधार कार्ययोजना अन्तर्गत नैअध्यागमनले फड्को मारेको उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...