‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ



 

 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को
आयोजनामा बिहीवारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ ।
राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन
हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो । सञ्चार तथा सूचना
प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपको प्रयोगमार्फत क्यान इन्फोटेको
औपचारिक उद्घाटन गरिन् ।

समुद्घाटनको अवसरमा दुई ओटा ड्रोनबाट झाकीसमेत प्रस्तुत गरिएको
थियो, यसअन्तर्गत पहिलो ड्रोनबाट पुष्प वृष्टि र दोस्रो ड्रोनबाट लिडबोर्ड
सहित आकाशमा क्यान इन्फोटेक शुभाराम्भ सन्देश सहितको भिडिओ
प्रदर्शनी गरिएको थियो । समारोहमा बोल्दै मन्त्री शर्माले क्यान
इन्फोटेकको भव्य सफलताको शुभकामना दिँदै सरकारको तर्फबाट सधैं
साथ रहने बताइन् ।

सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग
सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘‘सूचना
प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा
पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग
साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’’ मन्त्री शर्माले
भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा
निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।

सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र
संरचनात्मक विकासमा जुटेको बताउँदै मन्त्री शर्माले नेपालमा
पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर
कार्यान्वायनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र
समेटेर सूचना प्रविधिसम्बन्धी कानूनको तयारी भइरहेको जानकारी दिइन्
। उनले नेपाल सरकारले आयोजना गर्ने डिजिटल च्याम्पियन कार्यक्रममा
निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्ने पनि बताइन् ।
उद्घाटन समारोहमा विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी
अधिकृत दिपेश विष्ट, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष
नवराज अधिकारी, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ,
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रमेश मल्ल, क्यान महासंघका
संस्थापक निर्देशक विमल कुमार शर्मा, असोसिओका उपाध्यक्ष एवं क्यान
महासंघका निवर्तमान अध्यक्ष नवराज कुँवर लगायतले बोल्दै क्यान
इन्फोटेकको सफलताको कामना गरेका थिए । कार्यक्रममा सूचना प्रविधि
क्षेत्र सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, क्यान महासंघका सदस्य,
पत्रकार लगायतको उपस्थिति थियो ।

सो अवसरमा बोल्दै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले सूचना
प्रविधि सम्बन्धी नयाँ नीति, कानून तथा निर्देशिकाहरूमा क्यान
महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका
समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिए । २९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका
आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम
‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी
दहुवा (S-power CAN Info-Tech 2024 in association with
HMC DAHUA) रहेको छ  ।

त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन
फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड
स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि
रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड
टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि (Incessant Rain) र हिमकम
एनटेक रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश
मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि,
इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ
पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स
रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज
(पीसीपीएस कलेज) रहेका छन् ।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस र
फाइबसाइट सोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला
सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट
प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा
एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि २९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका
आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम
‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी
दहुवा (S-power CAN Info-Tech 2024 in association with
HMC DAHUA) रहेको छ  ।

.त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन
फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड
स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि
रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड
टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि (Incessant Rain) र हिमकम
एनटेक रहेका छन् ।  प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश
मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि,
इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ
पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स
रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज
(पीसीपीएस कलेज) रहेका छन् ।

त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्‍याकेट बार एन्ड इभेन्टस र
फाइबसाइट सोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला
सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट
प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सीसीटीभी पार्टनरमा
एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि रहेका छन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्