बागमती प्रदेशसभा बैठक बोलाउन एमालेको माग



 

 

 

नेकपा एमालेले बागमती प्रदेशको प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । चार बहिनाबाट स्थगित रहेको बैठक नबोलाउँदा प्रदेशको जनसरोकारको विषय उठान नभएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले बैठक बोलाउन माग गरेको हो । आज पत्रकार सम्मेलनको आयोजना गरि एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल प्रदेशसभा बैठक बोलाएर संसदीय समितिमा रिक्त पदाधिकारी चयनको माग गरेका हुन् । गत असोज २२ गते दुईवटा विधेयक पास गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक चार महिना पूरा भइसक्दा पनि बस्न नसकेपछि एमालेले पत्रकार सम्मेलन गरेर बैठक आह्वानको अनुरोध सरकारलाई गर्नुपरेको नेता थपलियाले बताए । हिउँद सकिन लाग्यो तर प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वानको निणर्य गर्न किन चाहने भन्दै उनले प्रश्न समेत गरे । प्रदेशसभाले पहिलो कार्याकालमा ४३ वटा मूल ऐन बनाएको तर दोश्रो कार्यकालको प्रदेशसभाको अहिलेको उदेकलाग्दो अवस्था देख्दा पहिलो कार्यकाल भन्दा एक तिहाई पनि काम नहुने अवस्था आएको भन्दै सरकारले जनसरोकारको विषयको गहन छलफल हुने प्रदेशसभालाई बेकाम बनाउन खोजेको उनको आरोप थियो । प्रदेशसभाले हालसम्म ४६ वटा ऐन मात्र बनाउन सकेको र अझैपनि सयौँ ऐनहरु बनाउन बाँकी रहेको अवस्थामा सरकारले सदन बोलाउन चासो नदेखाउनु संघियता कार्यन्वयनको लागि सरकार उदाशिन रहेको देखिएको उनको भनाई रहेको छ । उनले भने, ‘वर्षे अधिवेशन अन्त्य गरेर निदाएको सरकारलाई अनौपचारिक र औपचारिक रुपमा पटक पटक अनुरोध गर्दा पनि अधिवेशन नबोलाउने र विपक्षी दलका कारण अधिवेशन बोलाउन नपाएको गलत प्रचार गर्ने, काम गरेको छ, सरकारले छरेको भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्दछौँ । चालू आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुनलाग्दा पनि हालसम्म ९ प्रतिशत भन्दा बढी विकास बजेट खर्च गर्न सकेको छैन , यो सरकारको लज्जास्पद अवस्था हो ।

प्रतिक्रिया दिनुहोस
एमालेसँग सहकार्य गर्नलाई साथीहरू गइसक्नुभयो : वामदेव

    वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई नबिल बैंकद्वारा कम्बल वितरण

  नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ

सरकार धेरै जान्छ जस्तो लागेको छैन : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता

    राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र