पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौं शंखमुलस्थित निवासमा प्रहरीले छापा मारेको छ । उक्त निवासमा रहेको नेचर हब इन्टरनेशनल नामक कम्पनीको कार्यालयमा बुधबार साँझ प्रहरीको टोलीले छापा मारेको हो । जोशी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त तथा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका व्यावसायिक साझेदारसमेत हुनुहुन्छ ।

जोशीकै साझेदारको निवासमा रहेको नेचर हबको कार्यालयबाट सहकारी सम्बन्धी महत्वपूर्ण विवरणहरू भएको सर्भर बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पूर्वडीआईजी जोशीले बुधबार राति नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गर्नुभएको छ । इन्टरपोलको फरार सूचीमा रहनुभएका राईलाई पक्राउ गरी ल्याउन डिफ्यूजन नोटिससमेत जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...