अरूण चौधरीसहित तीनजना आज छुट्दै



हाम्रो इकोनोमि

 

 

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका व्यवसायी अरूण चौधरीसहित तीनजना आज रिहा हुने हुनुभएको छ । १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नुभएका अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि. का सञ्चालक सञ्जय ठाकुर आज रिहा हुन लाग्नु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार आज उहाँहरूलाई रिहा गर्न लागिएको हो । सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई भने हिरासतमा नराखी अस्पतालमा राखिएको थियो भने ठाकुर सीआईबीकै हिरासतमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...