राष्ट्रियसभाको अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव देवेन्द्र पौडेलले भने, ‘राष्ट्रिय सभामा हामी नै ठूलो दल हौं । त्यसैले अध्यक्षमा हाम्रो दाबी रहन्छ । राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी छ । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा पठाएको बताइन्छ । तर, कोशीमा कांग्रेसबाट फ्लोर क्रस गरेर एमालेको उम्मेदवार जिताएपछि माओवादीले आफ्नै दाबी गर्न थालेको हो । माओवादीले कांग्रेसकै कारणले कोशीमा सभामुख, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य गुमाएको कारणले अब अध्यक्ष नछाड्न पार्टीभित्रैबाट पनि प्रचण्डमाथि दबाब छ । प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकाले राष्ट्रियसभाको अध्यक्ष नछाड्न प्रधानमन्त्री प्रचण्डमाथि दबाब छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...