राष्ट्रियसभाको अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा दाबी गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले ठूलो दलको हैसियतले गठबन्धनमा अध्यक्ष दाबी गर्ने ब्रिफिङ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै सचिव देवेन्द्र पौडेलले भने, ‘राष्ट्रिय सभामा हामी नै ठूलो दल हौं । त्यसैले अध्यक्षमा हाम्रो दाबी रहन्छ । राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी छ । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा पठाएको बताइन्छ । तर, कोशीमा कांग्रेसबाट फ्लोर क्रस गरेर एमालेको उम्मेदवार जिताएपछि माओवादीले आफ्नै दाबी गर्न थालेको हो । माओवादीले कांग्रेसकै कारणले कोशीमा सभामुख, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य गुमाएको कारणले अब अध्यक्ष नछाड्न पार्टीभित्रैबाट पनि प्रचण्डमाथि दबाब छ । प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने भएकाले राष्ट्रियसभाको अध्यक्ष नछाड्न प्रधानमन्त्री प्रचण्डमाथि दबाब छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...