२४ प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जाने



हाम्रो इकोनोमि

 

 

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पछिल्लो ६ महिनामा संस्थागत एवं व्यक्तिगत गरेर २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा एक लाख ३५ हजार ४३५ जनाले संस्थागत तथा व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएका थिए । एक लाख ४२ हजार ५४८ जनाले संस्थागत एवं व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ महिनामा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ६७ हजार ६७३ जना कम वैदेशिक रोजगारीमा गएका छन् । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत अर्थात ७ हजार ११३ जना कम भएको छ ।

विदेश जानेको संख्या घट्दा रेमिट्यान्स २५ प्रतिशतले बढ्यो

यसैबिच वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्दा रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...