अरुण चौधरी हाजिरी जमानीमा छुट्ने संकेत



 

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हाजिरी जमानी छुट्ने लगभग पक्का देखिएको छ । सोमबार  काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । चौधरीसहित तीनै जना ५ दिनअघि पक्राउ परेका थिए । अदालतले पहिलो पटक ४ दिन र दोस्रो पटक २ दिनको समय दिएको थियो । दुई दिनको म्याद बुधवार सकिँदै छ । प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ । तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ । ‘पक्राउ परेकाको बयान त सकिएको छ तर अनुसन्धानका अरू थुप्रै कामहरू बाँकी छन् । त्यसैले बुधवारसम्म अभियोग पत्र दर्ता हुने सम्भावना शून्यजस्तै छ,’ सीआईबी स्रोतले भन्यो । सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ । ‘अनुसन्धान चलिरहेका बेला अन्यको संलग्नताका विषयमा पनि हामी हेरिरहेका छौँ । विभिन्न ठाउँबाट कागजपत्रहरू आउन बाँकी छ । यस्तो अवस्थामा अदालतले सीमा तोक्नु भनेको बाहिर राखेरै अनुसन्धान गर भन्नु हो,’ प्रहरी उच्च स्रोत भन्छ । बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्