अरुण चौधरी हाजिरी जमानीमा छुट्ने संकेत



हाम्रो इकोनोमि

 

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हाजिरी जमानी छुट्ने लगभग पक्का देखिएको छ । सोमबार  काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । चौधरीसहित तीनै जना ५ दिनअघि पक्राउ परेका थिए । अदालतले पहिलो पटक ४ दिन र दोस्रो पटक २ दिनको समय दिएको थियो । दुई दिनको म्याद बुधवार सकिँदै छ । प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ । तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ । ‘पक्राउ परेकाको बयान त सकिएको छ तर अनुसन्धानका अरू थुप्रै कामहरू बाँकी छन् । त्यसैले बुधवारसम्म अभियोग पत्र दर्ता हुने सम्भावना शून्यजस्तै छ,’ सीआईबी स्रोतले भन्यो । सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ । ‘अनुसन्धान चलिरहेका बेला अन्यको संलग्नताका विषयमा पनि हामी हेरिरहेका छौँ । विभिन्न ठाउँबाट कागजपत्रहरू आउन बाँकी छ । यस्तो अवस्थामा अदालतले सीमा तोक्नु भनेको बाहिर राखेरै अनुसन्धान गर भन्नु हो,’ प्रहरी उच्च स्रोत भन्छ । बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले निजी बनाएको आरोपपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...