दोहोरो अंकले बढ्यो नेप्से



हाम्रो इकोनोमि

 

आइतबारको तुलनामा आज कारोबार रकम ७८ करोड रूपैयाँ कम हो। सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेको छ। यसदिन नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ बिन्दुमा बन्द भएको छ। सोमबारको बजारमा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रूपैयाँको सेयर कारोबार भएको थियो। यस दिन ३१० वटा धितोपत्रको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर किनबेच भएको हो। सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः ९५१ रूपैयाँ ५० पैसा र ३६३ रूपैयाँ कायम भएको छ। यस्तै, समाज लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६९३ रूपैयाँ ७० पैसा पुगेको छ। यस्तै, विशाल बजारको सेयर मूल्य ५.३६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ३ हजार ६७२ रूपैयाँ कायम भएको छ। सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६८६ रूपैयाँमा १८ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३४५ रूपैयाँमा १५ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ। यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशतले घटेको हो।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...