संसदमा गलत बोल्नेको विरोध गर्नुस् : ओली



 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने बताउँदै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरुलाई सचेत गराए । आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरुको ध्यानाकर्षण गराए ।गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो । अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाईपाउँ भन्नु स्वभाविक हुने भएपनि अरुले उसको गल्ती सच्याईदिने काम गरिरहन नपर्ने बताए । सांसदले सदनमा बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसदको रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था छ । ओलीले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने पनि स्पष्ट पारे ।

यस्तो छ ओलीको भनाइ :

कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेको के छ र ? भन्ने लाग्नसक्छ । म आफैं पार्लियामेण्टमा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ । म आफैँले काम सञ्चालन गरिराखेको छु भन्ने पनि लाग्नसक्छ । तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरु, वैचारिक विषयहरुमा पनि स्पष्टता झन बढी झन स्पष्टताको आवश्यक्ता पर्दछ । तसर्थ, अझ प्राविधिक विषयहरु, के, कस्ता प्रस्ताव कसरी राख्ने हो, नियमापत्ति कसरी गर्नुपर्ने हो, कस्ता विषयमा गर्नुपर्ने हो एउटा हामीहरुको अक्सर चलन छ–त्यो रेकर्डबाट त्यो शब्द हटाईयोस् भन्ने । मेरो विचारमा रेकर्डबाट गल्ती बोल्नेका शब्दहरु हटाउन लगाउनु जरुरी छैन । त्यो मान्छे के छ भन्ने परिचय कायम रहन दिनुपर्छ । विरोध गर्नुपर्छ त्यसको । तर रेकर्डबाट हटाइयोस् भन्न चाहिँ पर्दैन । रेकर्डबाट हटाइयोस् भन्ने उसले माग गर्नुपर्ने हुन्छ नि मलाई भन्नुहुन्छ भने । हामीले गलत बोल्यो, रेकर्डबाट हटाइपाउँ भनेर त्यो रेकर्डबाट हटाएर राम्रो, राम्रो बोलेको मात्रै राखिदिने, नराम्रो बोलेको नराख्ने । अगतिलो मान्छे रहेछ भन्ने लुकाइदिने किन गर्नुपरेको छ र ? त्यसकारण गलत कुराको सख्त आलोचना गर्नुपर्छ, विरोध गर्नुपर्छ । हामीले विरोध गरेपछि पुगिहाल्यो नि । हामीले अस्वीकार गर्यौ, विरोध गर्यौं त्यसको । पुग्यो । तर रेकर्डबाट हटाइयोस् भनेर माग्ने चलन छ नि । त्यो चाहिँ मैले यो कुरा गल्ती बोलेछु सभामुख महोदय, रेकर्डबाट हटाइ पाउँ भनेर निजले भन्दाखेरी एउटा कुरा हो । अर्काले उसको गल्ती किन सच्याइदिने ?

 

प्रतिक्रिया दिनुहोस
एमालेसँग सहकार्य गर्नलाई साथीहरू गइसक्नुभयो : वामदेव

    वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने एमालेको निर्णयबारे

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई नबिल बैंकद्वारा कम्बल वितरण

  नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ

सरकार धेरै जान्छ जस्तो लागेको छैन : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता

    राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र