एमाले धादिङ विवाद : ओलीले बोलाए ८ नेतालाई काठमाडौं



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) धादिङ जिल्ला कमिटीको अधिवेशनमा देखिएको विवादबारे बुझ्न अध्यक्ष केपी शर्मा ओलीले ८ जना नेताहरूलाई काठमाडौं बोलाएका छन् । ओलीले एमाले धादिङ जिल्ला कमिटी अध्यक्ष मण्डलसहितका नेतालाई काठमाडौं बोलाएका हुन्। जिल्ला अधिवेशन पनि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवाल, सिन्धुलीका इन्चार्ज खेम लोहनी सहितका नेतालाई पार्टी कार्यालय च्यासल बोलाएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, निवर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी, अध्यक्ष मण्डलका सदस्य रेशम लामा र मीनराज कँडेल सहितका नेतालाई अध्यक्ष ओलीले छलफलका लागि बोलाएको एक सदस्यले जानकारी दिए । उनीहरूसँग अध्यक्ष ओलीले आइतबार अपराह्न ४ बजे छलफल गर्ने भएका छन् । शुक्रबारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै विवाद भएको थियो। निवर्तमान कमिटीले देवकोटालाई बनाएको थियो ।  जिल्ला अधिवेशनमा अध्यक्ष ओली समूहकै दुई गुटको लडाइँ देखिएको छ। निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी अध्यक्षका आकांक्षी छन् । उनीहरूबीचको गुटको लडाइँ कुटाकुटमा परिणत भएको र अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...