फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो । राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।

त्यस स्थानका लागि गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । त्यसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा बनेको छ । राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको बन्ने नेताहरुले दाबी गर्र्दै आइरहेका छन् । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा ल्याइएको कांग्रेस नेताहरुको दाबी छ ।

तर, कोशीमा राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधि शून्य हुने भएकाले नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष नछाड्न दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...