फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने तयारी भएको छ । सभाका अध्यक्ष गणेश तिमल्सिनाको पदावधि सकिएर बिदा भएलगत्तै निर्वाचन गर्ने राष्ट्रिय सभाले सम्भावित कार्यसूची तयार पारेको हो । राष्ट्रियसभाको सम्भावित कार्यसूची अनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुनेछ । त्यसका लागि फागुन २७ गते निर्वाचनको समय निर्धारण हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । फागुन २१ गते अध्यक्षसहित २० सांसदको बिदाई हुँदैछ ।

त्यस स्थानका लागि गत माघ ११ गते रिक्त १९ सदस्यका लागि निर्वाचन भइसकेको छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । त्यसमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा बनेको छ । राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको बन्ने नेताहरुले दाबी गर्र्दै आइरहेका छन् । सिटौलालाई सभाको अध्यक्ष बनाउनकै लागि राष्ट्रिय सभामा ल्याइएको कांग्रेस नेताहरुको दाबी छ ।

तर, कोशीमा राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसबाट धोका भएको भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा माओवादीको प्रतिनिधि शून्य हुने भएकाले नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष नछाड्न दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...