नवलपरासीमा सुन व्यवसायीमाथि गोली प्रहार



 

 

पश्चिम नवलपरासीमा एकजना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका–४ मा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । गोली उहाँको पाखुरामा लागेको छ । सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँने क्रममा लुटपाट गर्ने उदेश्यले उहाँमाथि गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ । विश्वकर्मामाथि गोली प्रहार गरेपछि उनीहरूले विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर लिएर भागेका थिए । खोजीका क्रममा स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा फेला परेको थियो ।

स्कुटरमा सुन भएको आशंकामा उनीहरूले विश्वकर्मामाथि गोली हानेर स्कुटर लिएर फरार भएको प्रहरीको अनुमान छ । तर विश्वकर्माले स्कुटरमा सुन राख्नु भएको थियो । डिकीमा भएको पसलको चाबी र चेक बुक भने उनीहरूले लगेका छन् । विश्कर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको