नवलपरासीमा सुन व्यवसायीमाथि गोली प्रहार



हाम्रो इकोनोमि

 

 

पश्चिम नवलपरासीमा एकजना सुन व्यवसायीमाथि गोली प्रहार भएको छ । बर्दघाट नगरपालिका–४ मा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । गोली उहाँको पाखुरामा लागेको छ । सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँने क्रममा लुटपाट गर्ने उदेश्यले उहाँमाथि गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ । विश्वकर्मामाथि गोली प्रहार गरेपछि उनीहरूले विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर लिएर भागेका थिए । खोजीका क्रममा स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा फेला परेको थियो ।

स्कुटरमा सुन भएको आशंकामा उनीहरूले विश्वकर्मामाथि गोली हानेर स्कुटर लिएर फरार भएको प्रहरीको अनुमान छ । तर विश्वकर्माले स्कुटरमा सुन राख्नु भएको थियो । डिकीमा भएको पसलको चाबी र चेक बुक भने उनीहरूले लगेका छन् । विश्कर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...