सही मान्छेलाई कुर्सीमा नलगेसम्म देश बन्दैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले दबाब यात्राको लागि छानेको आयोजनामा राजनीतिक र कूटनीतिक रंग पोत्न खोजेको बताएका छन् । रास्वपाको दबाब यात्रा सिन्धुपाल्चोकको मेलम्चीबाट गर्दै जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गरे । रास्वपाले आजबाट २१ आयोजनामा दबाब यात्रा गर्दैछ । उद्घाटन कार्यक्रममा उनले भने( हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन । नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुपर्‍यो । हाम्रो उद्देश्य यति हो । एउटा बाटो बनाउन युग पर्खनु पर्दैन । राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस् । रास्वपा जनतासँग जोडेर संसद्, समिति सडक सबैतिर देखिने बताए । उनले भने यदि हामीले हजारौँ लाखौँ जनतालाई सडकमा उतारेर ठूलो आन्दोलन गरेको भए यसको प्रभावकारिता धेरै हुन्थ्यो होला । तर, हामी त्यस्तो आन्दोलन गर्न चाहेका छैनौँ । जनताले जस्तो दुख कष्ट भोगे त्यसका लागि लाखौँ मान्छेलाई सडकमा ल्याउनु पर्दैन । एउटा गतिलो मान्छेलाई आयोजनामा लिएर गए जान्नेलाई छान्ने नीति बनाएर सही मान्छेलाई कुर्सीमा लिएर गए मात्रै सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...