हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा कांग्रेस संसदीय दलभित्र आज गम्भीर छलफल भएको छ । कांग्रेस सांसदसमेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् । चौधरीले यो गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए । उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरे । चौधरीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध लिन खोजिएको छ । यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नुपर्छ । म गलत भए मलाई कारबाही होस्, होइन भने यसरी बिनाकसुर बदनाम गर्न पाइँदैन ।’

चौधरीका अनुसार च्याम्पियन फुटवेयर भन्ने चालू अवस्थाको कम्पनीले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसवारी छालाजुत्ताको शेयर खरिद गरेको थियो । तत्कालीन सरकारले खुल्ला बजारको अर्थनीति अनुसार बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट लिएको तथा सोही कम्पनीको सम्पत्तिको रुपमा उक्त जमिन रहेको चौधरीले प्रष्ट्याए । लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्र भएको चौधरीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...