हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा कांग्रेस संसदीय दलभित्र आज गम्भीर छलफल भएको छ । कांग्रेस सांसदसमेत रहेका अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले यस प्रकरणमा ब्रिफिङ गरेका छन् । चौधरीले यो गिरफ्तारी राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए । उनले बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत कब्जा गरेको अस्वीकार गरे । चौधरीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध लिन खोजिएको छ । यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नुपर्छ । म गलत भए मलाई कारबाही होस्, होइन भने यसरी बिनाकसुर बदनाम गर्न पाइँदैन ।’

चौधरीका अनुसार च्याम्पियन फुटवेयर भन्ने चालू अवस्थाको कम्पनीले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसवारी छालाजुत्ताको शेयर खरिद गरेको थियो । तत्कालीन सरकारले खुल्ला बजारको अर्थनीति अनुसार बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट लिएको तथा सोही कम्पनीको सम्पत्तिको रुपमा उक्त जमिन रहेको चौधरीले प्रष्ट्याए । लगानी सम्मेलनको मुखमा निजी क्षेत्रका अगूवाहरुलाई छानिछानि सिध्याउने षड्यन्त्र भएको चौधरीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...