सांसद विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण



हाम्रो इकोनोमि

 

 

उद्योगपति अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा कुरा उठेको छ । आजको बैठकमा कांग्रेस सांसदसमेत रहेका अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको थिए । ‘विनोद चौधरीले आफ्ना कुरा राखेपनि पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । नेता र सांसदले गम्भीरतापूर्वक सुनेको स्रोतले बताएको छ । चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । सांसद सुनील शर्माका अनुसार चौधरीले ४२ सालमा खुल्ला प्रतिस्पर्धाबाट शेयर किनेको बैठकमा जानकारी गराएका छन् । मीनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति ठूला घरानाहरू गिरफ्तार, ह्याराश, अण्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन भएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...