सांसद विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण



हाम्रो इकोनोमि

 

 

उद्योगपति अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दलको बैठकमा कुरा उठेको छ । आजको बैठकमा कांग्रेस सांसदसमेत रहेका अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् । सांसद चौधरीले संसदीय दल र नेतृत्वको ध्यानाकर्षण गराएको थिए । ‘विनोद चौधरीले आफ्ना कुरा राखेपनि पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन । नेता र सांसदले गम्भीरतापूर्वक सुनेको स्रोतले बताएको छ । चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको निजीकरणदेखिका सबै प्रक्रियाहरूको बारेमा जानकारी गराउँदै आफूहरूमाथि योजनाबद्धरूपमा हमला गरेको विषयमा दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । सांसद सुनील शर्माका अनुसार चौधरीले ४२ सालमा खुल्ला प्रतिस्पर्धाबाट शेयर किनेको बैठकमा जानकारी गराएका छन् । मीनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति ठूला घरानाहरू गिरफ्तार, ह्याराश, अण्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन भएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...