रुसी फौजमा १५ हजार नेपाली भर्ना भएको दाबी



हाम्रो इकोनोमि

 

 

रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् । ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ । रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताएका छन् । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनले बताए । मेरै अगाडि ६ जना मरेको देखेर आएँ’, उनले भने । सुमनले  ऋण काढेर जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् ।

नेपाली मरे छोडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ‘, उनी भन्छन् । दुबईमा साढे दुई लाख तलब छोडेर पुग्नेहरू पनि आफूले भेटेको सुमनले बताएका छन् । असोज १५ मा रुस पुगेका उनी तिहारको अघिल्लो दिन नेपाल फर्किएका थिए । आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...