रुसी फौजमा १५ हजार नेपाली भर्ना भएको दाबी



हाम्रो इकोनोमि

 

 

रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् । ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ । रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको बताएका छन् । आफूले एक महिना १८ दिन काम गरेर फर्केको उनले बताए । मेरै अगाडि ६ जना मरेको देखेर आएँ’, उनले भने । सुमनले  ऋण काढेर जाँदा ८ लाख र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् ।

नेपाली मरे छोडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ‘, उनी भन्छन् । दुबईमा साढे दुई लाख तलब छोडेर पुग्नेहरू पनि आफूले भेटेको सुमनले बताएका छन् । असोज १५ मा रुस पुगेका उनी तिहारको अघिल्लो दिन नेपाल फर्किएका थिए । आफ्नो लटमा भर्ना हुनेहरू ८ सय जना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...