यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णयहरू



हाम्रो इकोनोमि

 

 

सरकारले राष्ट्रिय योजना आयोग लगायतका निकायमा रिक्त पदमा पदपूर्ति गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको बैठकले नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा श्रेष्ठलाई मनोनयन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...