कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात



 

 

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ । हुम्ला, डोल्पा, मुगु र जुम्लामा गत रातिबाट हिमपात र वर्षा सुरु भएको हो । यी जिल्लाहरूमा हल्का हिमपात र बेसीमा वर्षा भइरहेको छ । मुगुको रारा, मुर्मा, चंखेली, बाम, सोभा, घुच्चीलेक, मुन्दु र माथितुम क्षेत्रमा पनि हल्का हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको बताए । यस्तै, जुम्लामा पनि आज बिहानैदेखि हिउँ पर्ने थालेको छ । सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष भने ढिलो हिउँ पर्ने सुरु भएको हो ।कर्णालीका हिमाली जिल्लाहरूमा माघ महिनासम्म पनि वर्षा र हिमपात नहुँदा कृषकहरू चिन्तित थिए । यहाँका कृषकहरू हिमपात सुरु भएपछि खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्