संसद्मा बोल्दा कहिलेकाहीँ ‘अनकन्ट्रोल मिसाइल’ धेरै हानेछु : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उनकोे भनाइ छ । उनले भने, ‘मैले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु । तर, अहिले आएर मलाई अलि बोध हुँदैछ । सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ । म यति निस्फिक्रीसाथ अनकन्ट्रोल मिसाइल जस्तै । मैले ड्याङ ड्याङ मिसाइल हान्दिने हो । त्यसको अर्थ सावधानीको कमी हो तर विचारमा त्रुटी होइन । मिसाइल मैले ठीक ठाउँमा ताकेर हानेको छु, तर एउटा हान्दा पुग्ने ठाउँमा कतिलेकाहिँ पाँच सातवटा हानेको छु ।’ देश सही नीति र व्यवहारबाट अघि बढ्ने बताए । राजनीतिक परिवर्तनलाई सही दिशा दिएर जनताको साथ लिएर अगाडि बढ्न नसके निराशा बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...