दुर्गा प्रसाईं र मनिषा कोइरालाबीच भेटवार्ता



 

 

अभिनेत्री मनिषा कोइरालाले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई उनकै निवासमा पुगेर भेटेकी छन् । आज दिउँसो भएको भेटघाटमा देशको समसायिक अवस्थाबारे कुराकानी भएको थियो । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही देखिए । मनिषाले देशको दुरावस्थाप्रति चिन्ता प्रकट गर्दै आफ्नो राष्ट्र बचाउ महाअभियानप्रति नैतिक समर्थन देखाएको उनको भनाइ छ । मैले उठाएका एजेण्डा र काठमाडौंमा गरेको आन्दोलनसहितका कारणले यो दुर्गा प्रसाईं भन्ने के तत्व हो भनेर जान्ने उत्सुकता रहेछ उहाँमा’, प्रसाईंले भने, ‘मैले आफ्नो अभियान र एजेण्डाहरुका विषयमा प्रष्टसँग बताएपछि उहाँ पनि आश्वस्त हुनुभयो । बीपी कोइरालाको नातिनी, कोइराला परिवारको सदस्य भएका कारण पनि मनिषामा राजनीतिक चरित्र रहेको प्रसाईंको भनाइ छ । आफूसितको कुराकानीमा मनिषामा वैदिक सनातन धर्म संस्कृति, राष्ट्रियता र राजसंस्थाप्रतिको रुझान पाएको उनले बताए । उहाँ आखिर बीपी कोइरालाको रगत हो । बीपी त्यत्रो वर्ष जेल बसेर बाहिर निस्किँदा पनि राजा र कांग्रेस भनेको एक अर्काका परिपुरक हुन् भन्नुभएको थियो । उहाँमा पनि त्यस्तै भावना पाएँ’, प्रसाईंले भने । भेटमा मनिषाले देश निकै अप्ठेरो अवस्थामा रहेकाले सबै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएकी थिइन् । प्रसाईले आफ्नो अभियानमा सक्रिय साथ दिन मनिषासँग अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १