प्रतिगमनकारीले अस्थितरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको बताएका छन् । पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै जनतामा बढेको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी व्यवस्थाविरुद्ध गतिविधि गरिरहेको बताए। उनले भने( गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ। मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थितरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको छ । व्यवस्थाको रक्षाको लागि न्यूनतम साझा कार्यक्रम अनुसार संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...